मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका युवाको मृत्यु

बागमति, साउन २१ : सर्लाहीका एक युवाको रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ।

हरिवन नगरपालिका-१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत कम्पनी परिसरमा बसको ठक्करबाट मृत्यु भएको हो। ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गर्नासाथ मलेसिया गएका थिए।
मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया गएका श्रेष्ठ त्यसयता नेपाल फर्किएका थिएनन्। उनीहरुका बालबच्चा पनि भएका छैनन्।
‘राम्रो कमाइ हुने सजिलो काम छ भन्दै विवाह गर्नासाथ ऊ मलेसिया गएको थियो। पाँच वर्षदेखि भिसा थप गरेर उतै बसिरहेको थियो,’ बुवा ललितप्रसादको भनाई उधृत गर्दै हरिवन नगरपालिकाका कर्मचारी तारानाथ पोखरेलले भने, ‘मलेसियामा भएको सवारी दुर्घटनामा उहाँको मृत्यु भएको खबरले परिवारका सदस्य मात्रै होइन, यतिबेला छरछिमेकी पनि शोकमा छन्।’
यसअघि पनि मलेसिया गएका श्रेष्ठ पाँच वर्षअघि विवाह गर्न भनेर घर फर्किएका थिए। घर आएपछि विवाह गरेका श्रेष्ठ श्रीमतीलाई आमाबुवाको साथमा छाडेर लगत्तै फेरि मलेसिया गएका थिए।
श्रेष्ठको शव चाँडै नेपाल ल्याउनको लागि पहल गरिदिन परिवारका सदस्यले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

२०७९ पुष ३०, शनिबार ०७:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते