अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु हुने भएको छ। आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ।

निस्शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको हो। फागुन ४ सम्म चल्ने महाधिवेशनमा देशभरबाट १५७३ प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

महाधिवेशनको मुख्य उद्देश्य नै नेतृत्व चयन गर्ने हो। जसले १९९ सदस्सीय केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ। आयोगमा १५ जना सदस्य हुनेछन्।

बरालले सहमतीबाट नेतृत्व चयनको प्रयास गरिने र सहमति हुन नसके विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको बताइन्।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते
सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

२०७९ मंसिर १२, सोमबार १०:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते