कुशवाह समाजद्वारा नयाँ बर्षमा बृद्धाश्रममा सेवा

नेपाल कुशवाह कल्याण समाजले नयाँ साल २०८० को उपलक्ष्यमा बृद्धाश्रमका आश्रीतहरुलाई भोजन गराउँदै स्वास्थ्य परिक्षण गरेको छ ।

समाजको जिल्ला कार्यसमिति सर्लाहीले लालबन्दी २ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुलाई एक छाक मिष्ठान्न भोजन गराउनुका साथै बृद्ध बृद्धाहरुको स्वास्थ्य जाँच समेत गरिएको कुशवाह विद्यार्थी कल्याण समाज सर्लाहीका अध्यक्ष भरत महतोले बताए । उनका अनुसार मोडेल अस्पताल, लालबन्दीका डा. आलोक कुशवाहाको टिमले आश्रीतको स्वास्थ्य चेक जाँच गरेको हो । सो कार्यक्रममा सहभागी प्रदेश सांसद जवाहर कुशवाहा र फकिरा महतोले आश्रममा आश्रीत एवं संस्थापक संचालक दम्पती वासुदेवशरण कोईराला र मन्जु कोईरालासहितलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा बोल्दै आश्रमकी संचालिका भवानी कोईरालाले मानिसहरु नयाँ बर्षका दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा ब्यस्त हुने भएपनी कुशवाह समाजले आश्रममा आएर बृद्ध बृद्धासँग खुसी साटेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद फकिरा महतो, जवाहरलाल कुशवाहा, समाजका निवर्तमान अध्यक्ष लक्ष्मण महतो, केन्द्रिय सदस्य रामचन्द्र सिंह कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहा, बिरबहादुर महतो, भरतलाल महतो, लखिन्द्र महतो लगाएतको सहभागिता रहेको थियो ।

पछिल्लो समय कुशवाह कल्याण समाज सामाजिक भाईचारा कायम गर्ने र सामाजिक काममा अग्रस्थानमा देखिएको छ । गएको चैत २५ मा सम्पन्न समाजको छैटौं जिल्ला अधिवेशनको अवसरमा भएको रक्तदानमा ८५ जनाले रगतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते