फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

काठमाण्डाै : फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । फ्रान्सका लागि केलियन एम्बाप्पेले ‘ह्याट्रिक’ गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपकाे उपाधि जित्याे । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेकाे थियाे । त्यसअघि सन् १९७८ मा उपाधि जितेकाे थियाे । फ्रान्स भने यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।

फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे ।

प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात पारे ।

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे । मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

२०८० बैशाख २२, शुक्रबार ०७:३९ गते
विश्व शान्तिदूत प्रेम रावत

विश्व शान्तिदूत प्रेम रावत

२०७९ मंसिर २४, शनिबार ०९:२४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते