सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

क्षितिज विश्वकर्मा, लालबन्दी : सर्लाहीसहित तराई मधेशमा बसोबास गर्ने मधेशी तथा मैथल समूदायका महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै वरको निष्ठासँग पुजा आरधना गरि शुक्रवार बटसावित्री अर्थात बरसाइत पर्व मनाएका छन ।

प्रत्येक वर्षको जेष्ठ महिनाको औँसि तिथिमा नव विवाहिता तथा विवाहिता महिलाहरुले मनाउने यस पर्वमा देवि पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पुजा आर्धना गरी आफ्नो पतिको दिर्घायुको कामना गर्दै घरमा सुख शान्ति समृद्धिको कामना गरिन्छ । आजको दिनमा व्रतालु महिलाहरूले बिहानै देखि चोखो उपवास बसेर नयाँ लुगा अर्थात विवाहमा लगाएका लुगा गरगहना लगाई पुजाको थालीमा आँप केरा, बाँसको चोयाको हाते पंङ्खा, मिठाई, चना, काँक्रो वाँसको डालो, पान सुपारिसहित पहेँलो धागो वरको बोटमा बेरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने प्रचलन रहिआएको छ ।

पौराणिक कथा अनुसार सावित्रीका पति सत्यवानको आयु् एक वर्ष मात्र रहेको अवस्थामा बनमा दाउरा लिन गएका बेला अचानक सत्यवानको टाउको दुखेको र वरको रुखमुनी आफ्नी पत्नीको काखमा सुतेको समयमा मृत्यु भएको र यमराज आई पतिलाई आफ्नो साथमा लगि रहेको देखि सावित्रीले आफ्नो युक्तिबाट यमराजको हातबाट पतिलाई बचाई नयाँ जीवन दिलाउन सफल भएको उल्लेख छ ।

लालबन्दी १ नवलपुरकी लक्ष्मी चौधरीले सावित्रीले आफ्नो पतिलाई यमराजको हातबाट मुक्त गराउन सफल भए पछि यो व्रत शुरु भएको धार्मिक विश्वास रहेको हुँदा सोही अनुसार आफुले पनि यो व्रत लिएर वरको पुजाआजा गरी पतिको दिर्घायुको कामना गरेको बताइन ।

बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १०, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते