बोलेरोको ठक्करबाट परवानीपुरका गोले गम्भिर घाईते

लालबन्दी : सर्लाहीको लालबन्दीमा बुधवार साँझ बोलेरो भ्यानको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ६ स्थित फुटबल मैदान र केहि परको कालिन्जोर पुल बिचको सडक खण्डमा लालबन्दीबाट परवानीपुर घरतर्फ जाँदै गरेका संजिव कुमार गोले सवार मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बोलेरोले ठक्कर दिएको थियो । लालबन्दी १६ तिनघरे घर भएका गोले सवार प्रदेश २–०२ ००२ प १८४२ नम्बरको मोटरसाईकललाई बा१च ७१२१ नम्बरको बोलेरोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

बर्ष २८ का गोलेको दाहिने हात, छातिसहित शरिरका बिभिन्न भागमा चोट लागेको छ । गम्भिर घाईते गोलेको लालबन्दीस्थित मोडेल हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागी काठमाण्डौँ रेफर गरिएको छ । बोलेरो चालक फरार रहेको प्रहरीस्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया