१५ लाख ३५ हजारबराबरको पटका सर्लाही प्रहरीद्वारा नष्ट

मलंगवा । सर्लाही प्रहरीले ठूलो परिमाणमा बरामद भएको अवैध विस्फोटक पदार्थ ९पटका० नष्ट गरेको छ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले पटका नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरमा सरोकारवाला निकायको उपस्थितिमा खाल्डोमा पुरेर विस्फोटक पदार्थ नष्ट गरेको थियो। जिल्ला प्रहरीका एसपी प्रवीण धितालका अनुसार प्रहरीले मलंगवा नगरपालिका–८ बाट उक्त पटका बरामद गरेको थियो।

उक्त बरामद विस्फोटक पदार्थको हालको बजार मूल्य १५ लाख ३५ हजारबराबर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए।

दीपावली तथा छठ पर्वलाई लक्षित गरी व्यापारीहरूले भारतीय बजारबाट लुकाइछिपाई नेपाल भित्र्याउन लागेको अवस्थामा झिरझिरे १५ कार्टुन, फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा, फूलझरी २ बोरा, बुलेट बम, फिस बमलगायतका पटका बरामद गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते