काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ। बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाका अनुसार बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ। बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ।
समसामयिक राजनीतिक विषयकाकासाथै पार्टीको काम कारबाही र फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ।