किन झमझमाउँछ हातखुट्टा !

डा. गोपालरमण शर्मा :-

धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो। मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन्।

  • किन त्यस्तो महशुस हुन्छ त ?

तनाव, थकान र चिन्ताका कारण यस्तो हुन्छ। जसले गर्दा हातखुट्टा तातेको र झमझमाएको महशुस हुन्छ । यसैगरी २० देखि ३० प्रतिशतको हताखुट्टा झमझम गर्नु रोगको कारण पनि हुन सक्छ। डायबिटिज भएको मान्छेलाई यस्तो हुनु सामान्य कारण मानिन्छ। अर्को वाथरोग हो। यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ।

नशाकै कारणले पनि हुन्छ कहिलेकाहिँ। कतिपय अवस्थामा जोर्नीहरु, हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ।

स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ। चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ। अर्को कारण सिरिङ्गोमायलिया हो। यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ। कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ।

  • डाक्टरलाई देखाउने अवस्था

विविध कारणल यस्तो हुने भएकाले ठूलै रोग पो लाग्यो कि भनेर आत्तिने गर्नुहुँदैन। आफूले कति पीर, चिन्ता र तनाव लिइरहेका अवस्था छ त्यतातिर ध्यान दिने र त्यसलाई कम गर्ने पहिलो उपाय हो। प्यारालाइसिसका संकेत देखियो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ। यदि निकै कमजोरी महशुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुश्किल पर्न थाल्यो र हिँड्न मुश्किल भयो भने डाक्टरलाई देखाउनुपर्छ। त्यसैगरी ढाड, गर्धन दुख्यो भने स्पाइनलको समस्या हुन सक्छ। झमmभमाइरहेको अवस्थामा मांशपेशी सुक्दै गए, हत्केला सुक्दै गए भनेपनि समस्या जटिल भएको ठान्नुपर्छ ।

  • यस्तो भए के गर्नेरु

दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन। लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ। सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ। त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ। यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते