मधेश प्रदेशसमा १५ ओटा अस्थायी मतदान केन्द्र निर्धारण, सर्लाहीमा मात्रै ३ ओटा

काठमाडौ : आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी निर्वाचन आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । जसअन्तर्गत मधेश प्रदेशमा १५ ओटा रहेका छन ।

मधेश प्रदेशका ८ जिल्लामध्ये सर्लाहीमा सबैभन्दा धेरै ३ ओटा अस्थायी मतदान केन्द्र रहेका छन । ति मध्ये सप्तरी, सिराहा, महोत्तरी र पर्सामा २/२ ओटा र धनुषा र बारामा १/१ ओटा अस्थायी मतदान केन्द्र निर्धारण भएका छन ।

चुनावमा उनीहरूले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् । अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए ।

देशभर २५ हजार ९ सय ६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते
विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

२०७९ मंसिर ६, मंगलवार ०८:३८ गते
सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

२०७९ आश्विन ३१, सोमबार ०१:४७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते