पानी पार्ने मौसम प्रणाली सकृय, भारी बर्षाको सम्भावना

सर्लाही : आज (असार ८ गते) देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गर्दै भनेको छ– आज मिति वि.सं. २०८०/०३/०८ गतेका दिन मनसुन प्रणाली नेपालभर फैलिएको छ।’ नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) कोशी, मधेश र गण्डकी प्रदेशको पूर्वी भाग र बागमती प्रदेशका अधिकांश क्षेत्रमा प्रवेश गरेको थियो। यस हिसाबले मनसुन देशभर फैलिन ९ दिन लागेको महाशाखाले जनाएको छ।

मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन (असार ८ देखि १०) सम्ममा देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। विशेष बुलेटिनमा अगाडि भनिएको छ– साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।’ जसका कारण बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहाव प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ। ‘त्यसैले खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

२०७९ मंसिर ८, बिहीबार ०८:१९ गते
दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

२०७९ भाद्र १५, बुधबार ०६:१८ गते
एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते