निर्वाचित जनप्रनिनिधि र तल्लो तहका जनता बिचको सम्बन्ध सुधार्ने सेतु ‘समुदायमा कांग्रेस’ अभियान

क्षितिज विश्वकर्मा, लालबन्दी । कांग्रेसले मंगलबारबाट सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानको लागी सर्लाही प्रतिनिध भएर आएका पार्टीका केन्द्रिय सदस्य गणेश लामाले बुधवार साँझ लालबन्दीमा पत्रकार भेटघाट गरेका छन । प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत लामाले पत्रकारसँग समसामयीक बिषयमा छलफल गरेका हुन ।

लामाले पत्रकारसँगको भेटमा कांग्रेसबाट निर्वाचित जनप्रनिनिधिहरुले जनमुखि कामहरु गरेका छन कि छैनन्, जनताका पिर मर्कामा कांग्रेस सहभागी छ कि छैन, कांग्रेसको संगठन कस्तो छ भनेर वडा तहसम्मको जानकारी लिनका लागी ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको बताए । देशको पहिलो र ठुलो पार्टीले भुईं मान्छेको पनि कुरा सुन्नुपर्छ, हरेक तहका, हरेक समुदायका कुरा कांग्रेसले सुन्नुपर्छ र उनिहरुसँग मिलेर काम गर्नुपर्छ भन्ने उद्देश्यले यो अभियान सुरु भएको लामाको भनाई छ । जिल्लामा बिशेषतः निर्वाचित जनप्रतिनिधि र पार्टी तथा जनताबिच सुमधुर सम्बन्ध कायम हुन नसकेको पाईको लामाले बताए ।

जिल्लामा कांग्रेसले १२ ओटा पालिका जितेको छ, त्यसमध्ये चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकामा समस्या देखिएको छ ? त्यहाँको समस्या समाधानका लागी तपाईंको भुमिका कस्तो रहला भन्ने पत्रकारको जिज्ञासामा केन्द्रिय सदस्य लामाले भने ‘जनताद्वारा चुनिएर आएका जनप्रतिनिधिलाई काम गर्न नदिने प्रपञ्च भईरहेको आफुले पाएको र त्यो समस्या समाधानका निम्ति आफुले पार्टी सभापति, महामन्त्री लगाएत सबैसँग छलफल गर्ने र डेलीगेसन गएर होस वा पार्टीबाट प्रेसर दिएर होस समस्या समाधानका निम्ति लाग्ने बताए ।

युनियका जिल्ला अध्यक्ष कृष्ण थपलियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टी केन्द्रिय सदस्य एवम् अभियानको केन्द्रीय प्रतिनिधि लामासहित बागमति प्रदेश प्रशिक्षण विभाग सदस्य सचिव रामेश्वर ढकाल, ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, प्रदेश कमिटि सदस्य सोनि बम्जन, शेर बहादुर योञ्जन, रमेश थोकरको सहभागीता रहेको थियो ।

कांग्रेसको यो अभियान यहि माघ २६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

२०७९ पुष २६, मंगलवार १७:२२ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते