लालबन्दी । लायन्स क्लव इन्टरनेशनलका जन्मदाता मेल्विन जोन्सको जन्म जयन्तीको अवशरमा क्लवले सर्लाहीमा पनि कार्यक्रम गरेको छ ।
जोन्सको १४५ औँ जन्म जयन्तिको अवशरमा हरिवन नगरपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई २ लाख पचास हजार बराबरको औषधि प्रदान गरिएको हो । लायन्स क्लव अफ सर्लाहीले जाडो महिनामा वालवालीका र ज्येष्ठ नागरिकलाई देखिने समस्यामा काम लाग्ने रुघा खोकी, ज्वरो, हाडजोर्नि दुखाई लगाएतका औषधि प्रदान गरिएको हो ।
लायन्स क्लव अफ सर्लाहीका अध्यक्ष उमेश थोकरको सभापतित्वमा एक कार्यक्रम गरि स्वास्थ्य चौकीका लागी वडाध्यक्ष अर्जुन कुमार योञ्जनलाई ति औषधि हस्तान्तरण गरिएको हो । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल एच डिस्ट्रिक्ट रिजन चेयर पर्शन राजकुमार न्यौपाने, लायन्स क्लव लालबन्दी सिटिका अध्यक्ष नारायण दाहाल लगाएतको सहभागीता रहेको थियो ।
जोन्सको जन्मोत्सवकै अवशरमा लालबन्दी ७ डाँडा टोलमा रहेको शहिद इगल स्मृति नमुना माध्यमिक विद्यालयमा पनि शनिबार बिहान सरसफाई तथा वृक्षारोपण गरिएको छ ।
सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजार सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आवद्ध छन् । विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो ।
लायन्सले मुख्यतया क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरु गरि ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गर्दै आएको छ । जोन्सको जन्म जयन्तिमा नेपालमा पनि सप्ताहब्यापी कार्यक्रमहरु भएका छन ।