लालबन्दीका युवाहरुले बुझाए नगरप्रमुखलाई ज्ञापन पत्र

लालबन्दी : सर्लाहीको लालबन्दीका युवाहरुले मंगलवार नगरप्रमुख बासुदेव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । लालबन्दी नगर बिकासमा जनचासो भन्दै नगरप्रमुखकै कार्यकक्षमा पुगेर युवाहरुको समुहले ज्ञापन पत्र बुझाएको हो ।

उनिहरुले समृद्ध नगर निर्माणका लागी गर्नु पर्ने कामहरुलाई बिभिन्न १३ बुँदामा समेट्दै जनताको करको सहि सदुपयोग होस भन्ने नगरवासिको चाहना रहेको बताए । उनिहरुले पुर्व पश्चिम राजमार्गसँग जोडिएको नगरभित्रका मुख्य बजार आसपास र राजमार्गहरुमा जेब्रा क्रसिङ, बिभिन्न ठाउँमा बस बिसौनि र लालबन्दीको मुख्य बजारमा स्काई ब्रिजको अवधारणा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन । नगरभित्रका स्वास्थ्य चौकी, बिद्यालय, पशु सेवा कार्यालय, बिद्युत, कर कार्यालय लगाएतले प्रदान गर्ने सेवाको गुणस्तर जाँच गर्ने, प्रगति विवरण माग गर्ने, नगरभित्र संचालित अस्पताल, स्वास्थ्य संस्थाहरुको अवस्थाको अनुगमन गर्नु पर्ने उनिहरुको भनाई छ ।

नगरभित्रका सार्वजनिक जग्गा, भवन लगाएतका सार्वजनिक सम्पतिको संरक्षण र प्रवर्धन, भ्रष्टाचार न्युनिकरणको पहल, खर्चमा मितव्ययीता, तरकारीजन्य बस्तुको भण्डारणका लागी चिस्यानकेन्द्र निर्माण, कृषि सडक, सिचाईं, मलखाद, बिउबिजन र बजारीकरणलाई ध्यान दिनुपर्ने, ब्यवसायीक र शिप मुलक तालिमहरुको आयोजना गर्नुपर्ने लगाएतका कार्यहरुलाई नगरपालिकाले बिशेष ध्यान दिनुपर्ने उनिहरुको भनाई छ । उनिहरुले ज्ञापन पत्रमा प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेलाई प्रदेश २ को नमुना अस्पताल बनाउन प्रदेश र संघमा पहल गर्नुपर्ने समेत उल्लेख गरेका छन ।

नगरप्रमुख अधिकारीले ज्ञापनपत्र बुझ्दै नगरप्रतिको चासो र चिन्त ब्यक्त गरेकोमा युवाहरुलाई धन्यवाद दिनुभएको थियो । साथै उहाँले ज्ञापनपत्रमा उल्लेख भएको धेरै बुँदाहरु कार्यान्वयनको चरणमा रहेका र केहि योजनाका कामहरु सम्पन्न हुने क्रममा रहेका बताउनुभएको थियो । नगरप्रमुख अधिकारीले नगरवासिको चाहना अनुरुप समृद्ध नगर निर्माणका लागी नगरपालिका तत्पर रहेको बताउनुभएको थियो ।

जनप्रतिनिधि निर्वाचित भएको करिव २०० दिन पुरा हुन लागेको र नगरवासिको चाहना अनुरुप उल्लेखित कामहरुलाई ध्यान पु¥याईयोस भन्दै कृष्ण भण्डारी, कल्याण केसि, अमर बहादुर कार्कि, नारायण थापा, सचितानन्द चौधरी, मनोज श्रेष्ठ, राजेश गौतम, हरि कार्कि, श्रीकृष्ण थापा लगाएतका युवाहरुले नगर प्रमुखलाई ज्ञापन.पत्र बुझाएका हुन ।

उनिहरुले ज्ञापन पत्रको बोधार्थमा प्रदेश र प्रतिनिधिसभा सांसदलाई पनि राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते