नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । राष्ट्रिय निजि तथा आवासिय बिद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सर्लाहीको चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

शनिवार लालबन्दी १२ पत्थरकोटमा भएको अधिवेशनले उदय बुढाथोकीको अध्यक्षतामा ९ सदस्यिय नयाँ जिल्ला नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा श्रीलाल क्याप्छाकी, सचिवमा रवि कुमार राय, कोषाध्यक्षमा रामआधार यादव छन । त्यसैगरि सदस्यहरुमा राम प्रवेश राय, राम पुजन साह, सरोज यादव, रोशन बराईली र शिव सागर चौधरी रहेका छन ।

उपाध्यक्ष श्रीलाल क्याप्छाकीको अध्यक्षता एवं केन्द्रिय उपाध्यक्ष ब्रजेन्द्रकुमार मिश्राको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अलि मोहम्मद अन्सारी, मधेश प्रदेश अध्यक्ष नन्दान यादव, प्रदेश सदस्य राजु कार्कि, मोहम्मद तिगुल राईन, बिनोद थापा, सुदिप कार्कि, ज्ञान बहादुर तामाङ्ग लगाएतको आतिथ्यता रहेको थियो । नेपाली कांग्रेसका नेता एवं पुर्व पशुपंक्षि बिकाश मन्त्री शम्भुलाल श्रेष्ठको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रमका बक्ताहरुले देशको साक्षरता प्रतिशत बृद्धि गर्दै उत्कृष्ट शिक्षा प्रदान गरिरहेको निजि बिद्यालयलाई सरकारले नकारात्मक दृष्टिकोणले हेरेको गुनासो गरेका थिए ।

उनिहरुले हालसालै सरकारले बिद्येयक नै ल्याएर निजी बिद्यालयको हित बिपरित कार्य गर्ने प्रयत्न गरेको भएपनि त्यो तत्कालका लागी रोक्न सफल भएको बताए । ३२ प्रतिशत साक्षरता प्रतिशत रहेको देशलाई ७६ प्रतिशतमा पु¥याउन अहम भुमिका खेलेको निजि बिद्यालयलाई माफियाको संज्ञा दिनु दुःखद भएको भन्दै छात्रबृत्ति पनि नदिने, कुनै कुरामा निशुल्क नगर्दा पनि निजि बिद्यालयमा अभिभावकको आकर्षण हुनुको एकमात्र कारण गुणस्तरीय शिक्षा नै भएको बक्ताहरुको धारणा थियो ।

उनिहरुले आफुहरुको सुरक्षाका लागी संगठन मजबुत बताउनुको बिकल्प नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

२०८० भाद्र ३१, आईतवार ०७:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते