देशका बिभिन्न भेगमा एनसेलले थप्यो नयाँ ३३८ ओटा बीटीएस टावर

सर्लाही । मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा देशभर ३३८ ओटा टावर थपेको छ ।

आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा एनसेलले नयाँ बीटीएस अर्थात् मोबाइल टावरहरू जडान गरेको हो । यसअन्तर्गत कम्पनीले नेपालका तराई, पहाड र हिमाली भेगका ५५ ठाउँमा टावर थपेको छ । उत्तरगया गाउँपालिका रसुवा, ठाटीकाँध गाउँपालिका दैलेख, दुर्गाथली गाउँपालिका बझाङ, जन्तेढुङ्गा गाउँपालिका खोटाङका ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थानमा कम्पनीले पहिलो पटक बीटीएस टावर जडान गरेको जनाएको छ ।

‘एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं ।’ आफ्नो नेटवर्कमार्फत हरेक नेपालीलाई जोड्ने आफुहरुको लक्ष्यमा प्रतिबद्ध रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै ग्राहकहरू र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न आफुहरुले निरन्तर काम गरिहेको बताए ।

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै एक हजार ४५० मोबाइल टावरहरूको स्तरोन्नति पनि गरेको छ । यसबाहेक एनसेलले देशका विभिन्न महानगरपालिका र उपमहानगरपालिकामा रहेका आफ्ना टावरहरूको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ ।

ग्राहकहरूलाई फोरजी अन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभर एनसेलको चार हजारभन्दा बढी फोरजी टावरहरू सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

२०७९ भाद्र २०, सोमबार ०२:१० गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते