देवाही गाेनाहीका नगर प्रमुख साहद्वारा बर्थिङ्ग सेन्टर शिलान्यास

गौर : रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरेका छन् ।

मंगलबार एक कार्यक्रमको बिच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले बर्थिङ्ग सेन्टर शिलान्यास गरेका हुन् । प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर प्रमुख साहले शिलान्यास गरे ।

निर्माण हुने नयाँ चारवटा भवनमा एउटा कोठामा ल्याबका समाग्रीहरु राखिने वडा अध्यक्ष साहले हामिसँग बताए । धरहरीमा बर्थिङ्ग सेन्टर नहुँदा त्यहाँका स्थानीयहरूलाई शिवनगर, गौर,बचपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने स्थानीयको बिश्वास छ ।

धरहरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष साहले बताए । उपभोक्ता समिती मार्फत दुई महिना भित्र निमार्ण कार्य सम्पन्न गरिने वडाध्यक्ष साहको भनाइ छ ।

बर्थिङ्ग सेन्टर शिलान्यास कार्यक्रममा भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष जहरुल देवान, कोषाध्यक्ष सगरी देवी, सचिव बिनोध साह लगायत स्थानिय भद्रभलादमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते