पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ।

त्यसैगरी झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० र मट्टीतेल तथा डिजेल प्रतिलिटर १५२.५० रुपैयाँ पर्नेछ।

सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजेल तथा मट्टीतेल १५६ रुपैयाँ पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२७ गते
सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते