बरहथवामा म्याजिक र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु

लालबन्दी, साउन २१ । सर्लाहीको बरहथवामा शनिवार साँझ भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

साँझ साँढे ६ बजेतिर बरहथवा ९ सोल्टिमोडमा बिपरित दिशाबाट जाँदै गरेका म्याजिक र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बरहथवातर्फ जाँदै गरेको ना १ ज २८४९ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना २० प ५१७९ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक रौतहटको चन्द्रपुर नगरपालिका १ मंगलपुर घर भएका अन्दाजी बर्ष ३७ का सुमन सहनीको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि घाईते भएका सहनी र पछाडी सवार सिराहा जिल्ला, गोलबजार ४ बस्ने लालबहादुर महराकी श्रीमती अन्दाजी बर्ष २७ की चन्द्रेश्वरी महरालाई उपचारका लागी नमुना हस्पिटल हरिवन लगीएकोमा सहनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाईती महरालाई भने थप उपचारका लागी एल.एस.हस्पिटल बारा पठाइएको छ ।

दुर्घट्नामा परेमा म्याजिक, चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते