भक्तिपुर : पेट्रोल भर्दै गर्दा लाईटर बालेपछि चौधरीको घरमा भिषण आगलागी

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको ईश्वरपुर ३ भक्तिपुरका चन्देश्वर चौधरीको पसलसहितको घर आगलागीबाट जलेर नष्ट भएको छ ।

मंगलबार दिउँसो चौधरीको घर जलेको हो । आगलागीबाट चौधरीको करिव १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ । पसलमा पेट्रोल नाप्ने क्रममा भान्जाले लाईटर बाल्दिएपछि आगलागी भएको बताईएको छ । आगलागीमा परि मानविय क्षति नभएपनि चन्देश्वर चौधरी, छोरा राम कुमार चौधरी र नाति सामान्य घाईते भएका छन । उनिहरुको उपचार भईरहेको जानकारी प्राप्त भएको छ । छोरालाई उपचारका लागी काठमाण्डौँ रेफर गरिएको छ ।

आगो लागेको जानकारी प्राप्त हुनासाथ हरिवन नगरपालिकाको बारुणयन्त्र तिब्र गतिमा घट्नास्थल पुगेर आगो निभाउने कार्यमा सक्रिय भएको स्थानियले बताएका छन । केहि समय पछि मलंगवा नगरपालिकाको समेत बारुणयन्त्र घट्नास्थलमा पुगेको थियो । स्थानिय बासिन्दा, नजिकैको एक बिद्यालयका शिक्षक, बिद्यार्थी, नेपाल प्रहरी र शसस्त्रको टोलीले आगो निभाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

अघिल्लो बर्षको कात्तिकमा ईश्वरपुर नगरपालिकाले हरिवन नगरपालिकाको स्वामित्वमा रहेको दमकल संचालनका लागी साझेदारी गरेको थियो । आगलागी भएको जानकारी प्राप्त भएको केहि बेरमै दमकल घट्नास्थलमा पुगेपछि स्थानियले नगरप्रमुख मनोज कुमार आचार्यको दुर दृष्टिको मुक्त कण्ठले प्रशंसा गरेका छन ।

यता मेयर आचार्य दम्पतिले घट्नास्थलमा पुगेर पिडित चन्देश्वरको परिवारलाई तत्कालका लागी भाँडा वर्तन, लत्ता कपडासहित नगद ५१ हजार रुपैँया सहयोग गर्नुभएको छ । बाँकी राहत र सहयोगको काम प्रकृयागत ढंगले बिस्तारै हुने तर पिडितलाई परेको पिडा र तात्कालिन आवश्यकतालाई मध्यनजर गर्दै आफुले ब्यक्तिगत रुपमै सहयोग गरेको मेयर आचार्यले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
30
+1
0
+1
1
+1
3

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते
सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते