जनयुद्ध दिवशका दिन बागमतीमा वक्तृत्वकला प्रतियोगिता

बागमती । सर्लाहीको बागमतीमा २९ औँ जनयुद्ध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

मंगलवार बागमती नगरपालिका सभाहलमा २९ औँ जनयुद्ध दिवसको अवसरमा मावि तह नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल बागमती नगर कमिटिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो ।

बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको वाईसिएल नेपाल बागमती नगरकमिटि अध्यक्ष दुर्गा बहादुर दर्लामीले जानकारी दिए । प्रतियोगितामा नगर भित्रका सामुदायिक र संस्थागत गरि ६ वटा बिध्यालयका ११ जना छात्रछात्राहरुले सहभागीता जनाएका थिए ।

सहभागी छात्रछात्राहरूले जनयुद्ध दिवसको उपलब्धीको बिषयमा वक्तृत्वकला प्रस्तुत गरेका आयोजकले जनाएको हो । कार्यक्रममा पार्टी तथा विभिन्न जनबर्गिय संगठनका प्रमुख एवं प्रतिनिधिहरूको आतिथ्यता रहेको वाईसिएल नेपाल बागमती नगरकमिटिले जनाएको हो । वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ठ छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिस्पर्धामा नमुना ज्ञानोदय बोडिङ स्कुलका छात्र रचित खड्का प्रथम भएका थिए । उन्ले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरे । भने, नव जन जागरण माध्यामिक बिद्यालयका छात्र नवराज पौडेल द्धितिय भए । उन्ले नगद तिन हजार सहित प्रमाणपत्र प्राप्त गरे । प्रतिस्पर्धामा तिृतिय हुन सफल जनवाल कल्याण माध्यामिक बिद्यालय धरहराकी छात्रा अन्जली महतोले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको निर्णायकमा शिक्षा अभियन्ता अभिषेक घिमिरे, शिक्षक मनोज खनाल र पवित्रा माझी रहेकी थिईन ।

यस किसिमको कार्यक्रमले नयाँ युवाहरुलाई ईतिहास सगँ जोड्न सहयोग पुग्ने धारण राखे । प्रमुख अतिथि मोक्तानले वलिदानी पुर्ण दिनको रुपमा जनयुद्ध दिवसलाई लिनुपर्ने धारणा राखिन् । जनयुद्धबाट प्राप्त ब्यवस्थामा उभिएर सोही व्यवस्थाको बिरुद्ध धवा बोल्नु कालिदाशले रुखको हागाँमा बसेर फेदतिर काट्नु जस्तै भएको नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तको भनाई थियो ।

जनयुद्धलाई दिवसको रुपमा मनाउने मात्र नभई यो ईतिहास भएकाले आम नागरिकलाई जानकारी गराउनु पर्ने वाईसिएल पुर्व प्रदेश संयोजक मोहनलाला श्रेष्ठ संदेशले तर्क गरे । जनयुद्धलाई अनेक प्रकारले अपराधिकरण गर्ने कार्यको सबैले डटेर सामना गर्नुको विकल्प नरहेको वाईसियल केद्रिय सचिव समिर बराईलीको भनाई छ । नागरिकलाई समानुपातिक ढंगले अधिकार सम्पन्न बनाउने व्यवस्थाको संवाहक जनयुद्ध एैतिहासिक कार्य भएको उन्ले दावी गरे ।

कार्यक्रममा बागमती नगररपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङ, हरिवन नगर कमिटि अर्जुन पन्त, वाईसिएल पुर्व प्रदेश संयोजक मोहनलाला श्रेष्ठ (सन्देश), वाईसियल केद्रिय सचिव समिर बराईली, पार्टी नेताहरु नविन थापा, नरेश ग्राङजा मगर लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते
आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

२०८० बैशाख २२, शुक्रबार ०७:३९ गते
बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

२०८० असार १२, मंगलवार ०७:१२ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते