भारतमा दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका ५ जनाको मृत्यु

वीरेन्द्रनगर : भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका ५ जनाको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरु ५ वर्षीय मिलन, २ वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए । धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू सपरिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।

रतनको परिवार सबै एउटै बाइकमा सवार थिए । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!