लायन्स क्लब अफ लालबन्दी सेन्चुरिद्वारा हरिपुरको एक विद्यालयमा ब्याग वितरण

लालबन्दी : सर्लाहीको हरिपुर ८ ईन्द्रपुरमा रहेको एक विद्यालयमा आईतवार बिहान ५० थान स्कुल ब्याग वितरण गरिएको छ ।

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिले स्थानीय ईन्द्रपुर युवा क्लबसँगको समन्वयमा ईन्द्रपुर जनता प्राबिका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । अभिभावक, शिक्षक शिक्षिका, एवं स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको क्लबले जनाएको छ ।

ईन्द्रपुर युवा क्लबका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लब अफ लालबन्दी सेन्चुरिका अध्यक्ष गोपाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको ब्याग वितरण कार्यक्रममा क्लबका साकार शर्मा चौलागाईं, विश्वकृष्ण थापा, सन्तोष आचार्य, मेची महाकाली संयुक्त बुहारी आवाजकी सर्लाही संयोजक रमा काफ्ले, सचिव अम्बिका राउत, विद्यालयका प्रधानाध्यापक महेन्द्र गिरि, ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षा प्रेमीहरुसहित पत्रकार क्षितिज विश्वकर्माको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ सेन्चुरिका अध्यक्ष श्रेष्ठले विद्यालयमा दोश्रो पटक सेवा गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो । श्रेष्ठले आउँदो असारमा विद्यालयमा बृक्षारोपण गर्न चाहेको र क्लबले विद्यालयलाई सुन्दर बनाउनका लागि बृक्षारोपण गर्ने तर त्यसलाई हुर्काउने बढाउने जिम्मा विद्यालयकै भएको बताउनु भएको थियो ।

विद्यार्थीहरु स्कुल ब्याग पाएपछी खुसी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

२०७९ चैत्र ९, बिहीबार १३:०७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते