सर्लाहीमा २ बालबालिकाको मृत्यु

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा पोखरीमा डुबेर एक वालिकाको ज्यान गएको छ ।

बिहीबार मध्यान्हको समयमा आफ्नो मावलीको हजुरबुबा हजुरआमासँग पोखरीमा कपडा धुन गएकी ११ बर्षिय वालिका गुन्जन पटेलको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ६ बगदह घर भएका अमरेस पटेलकी छोरी वडा नम्बर ४ स्थित मामाघरमा बस्दै आएकी थिईन ।

वडा नम्बर २ मा रहेको राम प्रसाद सिंह दनुवारको पोखरीमा नुहाउने क्रममा वालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यसैगरी आजै दिउँसो सवा १ बजेको समयमा करेन्ट लागेर ईश्वरपुरमा एक वालकको मृत्यु भएको छ । ईश्वरपुर १५ बस्ने श्याम दासको अन्दाजी १२ बर्षका छोरा आशिस कुमार दासलाई आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेको थियो ।

उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरि लालबन्दीस्थित मोडेल हस्पिटलमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बालक आफ्नै घरमा खेल्दै गर्दा पंखामा रहेको नांगो तारमा छुन पुगेका परिवारले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते