सर्लाहीमा पहिलो दिन २४ जनाले पाए जन्मका आधारमा नागरिकता

मलंगवा, असार ११ : नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि जन्मको आधारमा नागरिकता वितरण गर्न सुरु गरेको छ ।

कार्यालयले हिजोबाट जन्मका आधारमा नागरिकता वितरण गर्न सुरु गरेको हो । हिजो (आइतबार) पहिलो दिन २४ जनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार १४ किसिमका कागजात पु¥याएपछि मात्रै जन्मको आधारमा नागरिकता पाइन्छ । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ । त्यस्तै बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित/किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै पारिवारिक विवरण, बुवाआमाको विवाह दर्ता/विवाह प्रमाणित प्रतिलिपि, बुवा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विद्युत/खानेपानी/टेलिफोनको बिललगायतका अन्य कागजात, कम्तिमा २ जना वडा सदस्यसहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने भनिएको छ ।

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवासँगै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयले पनि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्ने छन् । उज्यालो अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते
गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते
सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते