राप्ती र लोथर खोलाबाट मनहरी देखि सुनाचुरी सम्मको बस्ती बचाउने छु: बर्तौला

नेकपा एमाले मनहरी गाउँ पालिका ६, नं. वडा पार्टी कमिटीले आयोजना गरेको भेटघाट तथा कोणसभा कार्यक्रममा बोल्नुहुंदै मकवानपुर २ को प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौलाले मनहरि देखि सुनाचुरी सम्मको बस्ती बचाउन आफुले काम गर्ने बताउनु भयो । कार्यक्रममा बोल्नुहुंदै बर्तौलाले अघिल्लो निर्वाचन जितेर जानू भएको साँसदले जस्तो सुतेर बस्ने, जनताको बिचमा पाँच बर्षमा एक पटक पनि नजाने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमाले सरकारले आयोग बनाएर सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बस्तिलाइ व्यवस्थीत गर्ने पहल गरेको र मंसिर ४ मा निर्वाचित भए पछि आफू र एमालेको नेतृत्वको सरकारले जग्गाधनी पुर्जा बितरण थालनी गर्ने बताउनुभयो ।

चोक चोकमा भइरहेको कोणसभामा मध्यवर्ती क्षेत्रको समस्या यहाँका जनताले भोगिरहनु परेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनु हुँदै आफुले समाधान गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्नुहुंदै एमाले मकवानपुर निर्वाचन परिचालन कमिटीको उप प्रमुख श्रीधर पोखरेलले गठबन्धनको ध्यान जनता नभाई गुट्टी बालु, ढंगा लगायतको स्रोत साधनमा भएको बताउनु भयो । पोखरेलले आफ्ना उम्मेदवार जनताको बिचमा निरन्तर काम गरेको, युवा तथा शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिका खेलेको बताउनुहुंदै गठबन्धनको उम्मेदवार गेटमा ठूलो ताल्चा झुण्ड्याउने तथा भोटे कुकुर पाल्ने काजी साप भएको उल्लेख गर्नु भयो । पोखरेलले प्रतापपुरको बस्ती पारी बाट वारि सार्न मनहरी गाउँ पालिकाको पुर्व अध्यक्ष एकराज उप्रेतिले खेलेको भुमिकाको खुलेर तारिफ गर्नुहुँदै नेकपाएमालेको सरकार रहंदा बस्ती स्थानान्तरण गरेको बताउनु भयो ।

एमाले पार्टी जिल्ला उपाध्यक्ष तथा मकवानपुर २ प्रदेस सभा (ख) को उम्मेदवार लाल बहादुर थापाले एमालेको उम्मेदवारले चुनाव जितिसकेको बताउनुभयो । आफुले धोकादाडि नजानेको बताउनुहुंदै जनताको सेवामा संधै तत्पर रहने प्रष्ट पार्नुभयो । नेकपा एमाले मनहरीले अहिले नागरिकसं उम्मेदवारको भेटघाट कार्यक्रम संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते