चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

सर्लाही : महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने  ७ जनालाई पक्राउ गरेको छ। ​निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

उनीहरूका साथबाट चुनावविरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको एसपी पंगेनीले जानकारी दिए। त्यसैगरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्।

कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए।

कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीको टोलीले उनीहरूलाई निर्वाचनविरोधी पर्चासहित कोण सभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ५३ वर्षीय देवबहादुर लामिछाने, केन्द्रीय सदस्य ४६ वर्षीय सूर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम साँस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक, नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौं महानगरका अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रीय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

२०७९ मंसिर ८, बिहीबार ०८:१९ गते
महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १०, शुक्रबार ०७:०६ गते
निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९, मंगलवार ११:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते