विश्व शान्ति दिवसको अवशरमा लालबन्दीमा बृहत कार्यक्रम सम्पन्न

लालबन्दी । विश्व शान्ति दिवसका अवसरमा सर्लाहीको लालबन्दीमा बिहिवार बृहत कार्यक्रम सम्पन्न भएको छ ।

आत्मज्ञान प्रचार संघ लालबन्दी केन्द्रको आयोजनामा बृहत शान्ति ¥याली, दिप प्रज्वलन एवं भिडियो प्रदर्शनी कार्यक्रम भएको हो । विश्व शान्ति बक्ता प्रेम रावतको ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ’ भन्ने मुल मन्त्रमा आधारित रहेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक मदन नेपालले जानकारी दिनुभयो । करिव २०० जनाको सहभागीतामा कार्यक्रम भएको थियो ।

अपराह्न ४ बजे लालबन्दी ६ स्थित जनवादी चोकबाट सुरु भएको शान्ति ¥याली वडा नम्बर ७ को डुमडुमे मन्दिर नजिकै कर कार्यालय जाने बाटो नजिकै खालि ठाउँमा पुगेर रोकिएको थियो । त्यहाँ शान्ति दिप प्रज्वलन पश्चात प्रेम रावतको शान्तिको सन्देशले भरिएको भिडियो प्रदर्शन गरिएको कार्यक्रमका प्राविधिक संयोजक राजेश गौतमले बताउनुभयो ।

दिवसका अवसरमा लालबन्दीसहित जिल्लाका बिभिन्न स्थानमा र देशभर नै विविध कार्यक्रम भएका छन । विशेष गरि प्रेम रावतको सन्देश सुन्ने र सुनाउनेहरुले दिवसलाई विशेष र बृहत बनाएका छन ।

प्रेम रावत विश्व शान्ति दुत हुन । उनले विश्वका धेरै देशहरुमा शान्तिको शन्देस बाँड्ने गरेका छन । उनको शन्देस विश्वका सवैजसो देशको भाषामा उपलब्ध छ । उनको सन्देश रेडियो, टेलीभिजन र आधिकारीक अनलाईन युट्युब च्यानलहरुमार्फत प्रशारण हुने गर्दछन ।

रावतले ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ र शान्ति खोज्न बाहिर भौँतारिनु पर्दैन’ भन्ने शन्देस बाँड्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते