पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि सोमबार यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि आकस्मि बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दुर्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । हाल उद्दारका कार्य जारी रहेको छ ।

त्यसैगरि सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिँदै पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन तथा जाँच आयोगसमेत गठन गरेको छ ।

आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त उपरथी ९क्याप्टेन० दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने छन् ।

आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ ।

दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७, शुक्रबार १२:१२ गते
LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

२०७९ माघ ११, बुधबार ११:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते