हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि २ दिने कार्यशाला सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीमा जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक सुरक्षा नीति निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ  । जिल्लाको हरिपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशाला भएको हो ।

लालबन्दीको होटल युनाईटेड इनमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा भएको कार्यक्रमका सहभागीलाई सेभ द चिल्ड्रेनका गोपाल नेपालीले सामाजिक सुरक्षा नीतिका विविध पाटाका विषयमा प्रष्ट्याउनु भएको थियो । कार्यशालामा पहुँच परियोजना संचालन भएको हरिपुर नगपालिकाका विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की, विभिन्न शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

सामाजिक सुरक्षा नीतिको दीर्घकालीन सोँच, भिजन, मिस्सन, लक्ष्य र उद्देश्य निर्धारण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको ग्रामीण नारी उत्थान संघ पहुँच परियोजना संयोजक आशिष रेग्मीले बताउनुभयो । त्यसैगरी ५ बर्ष मुनिका बालबालिका, ६ देखि १८ बर्षसम्मका बालबालिका, १९ देखि ५९ बर्षसम्मका वयस्क र ६० बर्ष माथीका वृद्धवृद्धाहरुमा के कस्ता समस्या रहेका छन, नगरपालिका, संघ र प्रदेशले संचालन गरेका कार्यक्रमहरु, थप गर्नुपर्ने कार्यक्रम र सहायता बारे कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन आइतबार सामाजिक सुरक्षा नीति मस्यौदा गर्न ७ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा वडा नम्बर ६ का वडाध्यक्ष प्रेमहरी श्रेष्ठ रहनुभएको छ भने अन्य सदस्यहरुमा सामाजिक विकास शाखाका रुपलाल देवकोटा, शिक्षा शाखाका नागेश्वर राय, महिला विकास शाखाका सुधा काफ्ले, स्वास्थ्य शाखाका राम नरेश ठाकुर, कार्यपालिका सदस्य हिरा विश्वकर्मा र पहुँच परियोजना संयोजक आशिष रेग्मी चयन गरिएको छ ।

केही केहि दिन अगाडि ईश्वरपुर नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीका लागि पनि यस्तै प्रकारको कार्यशाला आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते