जनमुखी अधारभूत विद्यालयको मुहार फेर्न अभियान सञ्चालन

बिजलपुरा । अधिकांश गरिब तथा दलित समुदायका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन् । तर, उनीहरुलाई त्यहाँ बसेर पढ्ने वातावरण छैन । पढिरहेका बालबालिकाको शैक्षिक गुणस्तर निकै कमजोर छ । विद्यालयमा कक्षाकोठा, शैक्षिक सामग्री, खेलकुद सामाग्रीसंग उनीहरुको देखभेट छैन ।

त्यस्तै विभिन्न समस्याले ग्रस्त महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा छ जनमुखी आधारभूत विद्यालय । जुन विद्यालयको हालत देखेर एउटा भिन्न अभियान चलाएका छन्, युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले । ‘विद्यालय सुधार अभियान’ नाम दिएर उनले समारोहको आयोजना गरी बालबालिकाको भविष्यलाई सुरक्षित पार्ने प्रयास गरेका हुन् । सामुदायिक विद्यालयलाई नमूना बनाउन वडाध्यक्ष घुरन महतोको उपस्थितिमा अभियानको घोषणा गरिएको हो ।
अभियानअन्तर्गत विद्यालयमा चौतारा, वालउद्यान, गार्डेन, भवन, भौतिक संरचनाको मर्मत सम्भार लगायतका काम गरिने पत्रकार महतोको भनाइ छ । ‘मुठ्ठी दान अभियान चलाएर विद्यालयको विकासका लागि सहयोग जुटाइने छ’, उनले भने, ‘विद्यालयलाई बालमैत्री, प्रकृतिमैत्री तथा गुणस्तर शिक्षामा जोड दिनु अभियानको मुख्य मर्म हो ।’ यसअघि महतोको योजना तथा जनसहयोगी युवा सञ्जाल बर्दिबासको सक्रियतामा राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा ६० लाख लागतमा बालउद्यान निर्माणको काम थालिएको थियो । तीन वर्षअघि थालिएको सो विद्यालय सुधार अभियानले मुर्त आकार ग्रहण गरिसकेको छ ।


जनमुखी आधारभूत विद्यालयमा कक्षा ५ पास भएपछि ६ देखि १२ कक्षासम्म पढ्न राष्ट्रिय मावि बनरझुल्लामा आउँछन् । त्यसैले जनमुखी पनि रुपान्तरण हुन सके त्यसको प्रभाव मावि स्कूलमा पर्नेछ ।

घोषणाकै दिन जनमुखी अधारभूत विद्यालयमा चौतारा निर्माणका लागि शिलान्यास गरिएको छ । जहाँ हरित स्कूल निर्माणका लागि बिरुवा रोपिएका छन् । विद्यालय व्यवस्थापन समितिमा स्थानीय युवा राम एकवाल महतोको समूह आएपछि विद्यालय विकासका लागि निरन्तर विद्यालय रुपान्तरणका लागि काम भइरहेको शिक्षक संजितकुमार महतोले जनाए । विद्यालयमा १३० बालबालिका पढिरहेका छन् ।

पत्रकार महतोले चौतारा निर्माणका आफ्नो तलबबाट २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेका छन् । स्थानीय युवा मनोज महतोले विद्यालयलाई ५ वटा पंखा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । वडाध्यक्ष घुरन महतोले वडा कार्यालयको तर्फबाट ५ वटा पंखा, बालकक्षामा एलइडी जडान तुरुन्त गर्ने बताए । यसै आर्थिक वर्षमा विद्यालयमा चार कोठाको सुविधा सम्पन्न भवन निर्माण गरिने वडाध्यक्षको भनाइ छ । साथै उनले चाँडै कक्षा कोठाको छानो फेर्न ३ लाख बजेट विनियोजन गरिसकेको र चाडै काम सुरु हुने वडाध्यक्ष महतोले बताए ।

पहिलो दिनमै अभिभावक, विद्यालय व्यवस्थान समितिका सदस्य, शिक्षक, सञ्चारकर्मी लगायतका दर्जनौं दाताले झन्डै एक लाख बढीको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयका प्रधानाध्यापक धवेन्द्र महतोका अनुसार कक्षाकोठाको अभावमा पठनपाठन सञ्चालन गर्न समस्या भइरहेको बताए । अब त्यो दाताहरुबाट समाधान भएकोमा खुशी व्यक्त गरे । विद्यालयको विकासमा सबैको सहयोग जुटेको छ । अब विद्यालयले मुहार फेर्नेछ ।

सामुदायिक विद्यालय रुपान्तरणका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारले बिशेषरुपमा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा पत्रकार महतोको जोड छ । उनले भने, ‘विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित, हेरचाह तथा निगरानीका लागि टोलटोलमा आमा शिक्षा सहयोग समिति गठन गरेर काम गर्नुपर्ने आवश्यकता छ ।’ विद्यालय रुपान्त रणका लागि श्रोतसाधन, श्रम तथा विचारले सबैलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
भीमफेदीमा भीरवाट लडेर एक जनाको मृत्यु

भीमफेदीमा भीरवाट लडेर एक जनाको मृत्यु

२०७९ कार्तिक १०, बिहीबार १३:४५ गते
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २४, आईतवार २२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते