सर्लाही १ को प्रतिनिधिसभातर्फ माओवादी केन्द्रलाई समानुपातिकको धेरै मत

लालबन्दी : ४ ओटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एउटा निर्वाचन क्षेत्रको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिकतर्फको समेत मतगणना सम्पन्न भएको निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले जनाएको छ । समानुपातिक मतगणनाको अन्तिम नतिजा अनुसार प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । उसले ९ हजार ५०६ मत प्राप्त गरेको हो ।

त्यस्तै नेकपा एमालेले ७ हजार ९०२ मत प्राप्त गरि दोश्रो भएको छ । ८ हजार ६२९ मत प्राप्त गर्दै लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) तेश्रो हुँदा नेपाली कांग्रेसले ७ हजार ३३६ मत प्राप्त गरेको छ । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ६८०, जनमत पार्टीले ६ हजार ४८, जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार ५७१, नेकपा (एकीकृत समाजवादी) पार्टीले ५ हजार ५१ मत, नागरिक उन्मुक्ति पार्टीले ४ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ७६० मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायका अनुसार प्रतिनिधिसभातर्फ ७५ हजार ४१७ मत खसेकोमध्ये ७१ हजार ८६३ मत सदर भएको छ । यस्तै, प्रदेश सभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले धेरै मत पाएको छ । कांग्रेसले क्षेत्र नं. १ (क) मा ३ हजार ६८० र (ख) मा ५ हजार ९२०, माओवादी केन्द्रले (क) मा ५ हजार ७५२ र (ख) मा ३ हजार २३१, लोसपाले (क) मा ६ हजार ८४७, (ख) मा १ हजार ७६५, नेकपा एमालेले (क) मा २ हजार ३१९ र (ख) मा ६ हजार २५० मत प्रात गरेको छ ।

त्यस्तै, जनमत पार्टीले (क) मा ३ हजार ३६० र (ख) मा ३ हजार ४३८, जसपाले (क) मा ३ हजार ७६१ र (ख) मा २ हजार ७४८, राप्रपाले (क) मा १ हजार ५६३ र (ख) मा २ हजार ६१५, नेकपा (एकीकृत समाजवादी) ले (क) मा ४२६ र (ख) मा ३ हजार ६१३ मत प्राप्त गरेको छ ।

प्रदेश सभातर्फ समानुपातिकमा ७५ हजार १५७ मत खसेकोमा ६९ हजार ८९५ मत सदर र पाँच हजार २६२ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते
भीमफेदीमा भीरवाट लडेर एक जनाको मृत्यु

भीमफेदीमा भीरवाट लडेर एक जनाको मृत्यु

२०७९ कार्तिक १०, बिहीबार १३:४५ गते
आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते