सर्लाही प्रहरीले ३४ बिघा क्षेत्रफलको गाँजा फाँड्यो

लालबन्दी : सर्लाही प्रहरीले जिल्लाका चुरे भेगमा लगाईएका अवैध गाँजा खेतिलाई नष्ट गर्ने कार्यलाई तिब्रताका साथ निरन्तरता दिएको छ ।

आईतबारबाट गाँजा फडानी कार्य सुरु गरेको प्रहरीले मंगलवारसम्म ३४ बिघामा लगाईएको गाँजाखेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिए । आईतवार ६ बिघा, सोमबार ९ बिघा र मंगलवार १३ बिघामा लगाईएको गाँजा खेति फडानी गरि आगो लगाएर नष्ट गरिएको हो ।

मंगलवार ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख ईन्स्पेक्टर शान्ताराम कार्किको नेतृत्वमा १५ जना र शसस्त्रका डिएसपी सुशिल कुमार श्रेष्ठको नेतृत्वमा ४१ जना गरि ५६ जनाको टोली लालबन्दी १४ नारायणखोलाका बिभिन्न भागमा लगाईएको गाँजा खेति नष्ट गरेको हो । गएको शुक्रबार जिल्लामा नयाँ प्रहरी प्रमुख आएपछि प्रहरीको टोली गाँजा फडानीमा सक्रिय भएको हो ।

जिल्लामा अहिले नयाँ एसपी नरेशराज सुवेदी आएका छन । उनले जिल्लामा हाजिर हुने बेलैमा यहाँ अवैध रुपमा गाँजा खेति हुने गरेको सुचना पाएको र आफै सुक्ष्म अनुसन्धानमा पुग्दा सुचना बमोजिमकै गाँजा खेति भएको पाएपछि नष्ट गर्ने कार्यलाई तिब्रताका साथ निरन्तरता दिएको बताएका छन ।

हरेक बर्ष नारायणखोलाका बिभिन्न भागमा प्रहरी पुगेर त्यहाँ लगाईएको गाँजा खेति नष्ट गर्ने गरेको भएपनि गाँजा खेतिमा भने कमि आउन सकेको छैन । नयाँ एसपी सुवेदीले अवैध रुपमा लगाईएको गाँजा खेति नष्ट गर्ने कार्य निरन्तर रुपमा चलिरहने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते
NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

२०८० बैशाख २८, बिहीबार २२:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते