परवानीपुर, असार १३ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ को वडा कार्यालयले बुधवार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ ।
वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गणेश थापासहित वडा सदस्यहरु, तिलक बहादुर घलान, कल्पना सार्कि, सञ्चर बहादुर सुनुवार र उमा थापाको उपस्थितीमा जिल्ला समन्वय समितीका सदस्य हेम कार्किको समेत उपस्थिती रहेको थियो । भेलामा सहभागीहरुले यसपाली पनि खानेपानीको समस्या समाधानका लागी काम गर्नुपर्ने आवाज बलियो रुपमा उठाएका वडाध्यक्ष थापाले बताउनुभयो ।
सहभागीहरुले आफ्नो ठाउँको समस्या तथा सुझाव लेखेर दिन सक्ने सुविधासहितको भेलामा वडावासिले पुल पुलेसा, सडक बिस्तार, चोक तथा चौतारा, प्रतिक्षालयको स्तरोन्नती, पोखरी, बृक्षारोपण, सिँचाई, खेलकुदका कार्यक्रम, सिप बिकाश तथा स्वरोजगारका कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउन सल्लाह दिएका वडा सदस्य सार्किले जानकारी दिईन । वडा बासिको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रममा आफ्नो वडामा भएको सहकारीले मल तथा अन्य कृषक कार्यक्रमहरुलाई सहि तवरबाट ब्यवस्थापन गर्न नसकेको समेत गुनासो गरेका थिए ।
दोश्रो कार्यकालका लागी समेत भारी मतसहित बिजयी भएका लोकप्रिय वडाध्यक्ष थापाले कसैलाई मार नपर्ने गरि वडाको आवश्यकतालाई मध्यनजर गरि समान ढंगवाट बजेट/कार्यक्रम निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा सबै क्षेत्रका वडाबासिलाई कुनै किसिमको बिभेद नहुने र आज मात्रै नभएर हरेक दिन आफुलाई सल्लाह सुझाव दिन आग्रह गर्नुभएको थियो ।
उहाँले ‘सबल संचार, समृद्ध समाज’ निर्माणहेतु संचारक्षेत्रको उन्नयनका लागी समेत वडा कार्यालयले कार्य गर्ने बताउनुभएको छ । आगामि आर्थीक बर्ष २०८०/८१ का लागी लालबन्दी नगरपालिकाले वडा नम्बर १६ का लागी ८५ लाख ७९ हजार बजेट बिनियोजन गरेको छ ।