समय अगावै बजारमा आँपको बिगबिगी

क्षितिज विश्वकर्मा, सर्लाही । उखरमाउलो गर्मिका बिच पूर्व पश्चिम राजमार्गको डिलैमा लिचि बेचिरहेका छन लालबन्दीका श्याम कुमार साह । दुबै हातमा लिचिको झुप्पा देखाउँदै पूर्व पश्चिम यात्रा गरिरहेका ग्राहकलाई बोलाउने र लिचि बेच्ने आजकल उनको दैनिकि हो । उनले सानो सानो प्लास्टिकको झोला र क्रेटमा आँप र लिचि बेच्न राखेका छन । उनि मात्रै होईन लालबन्दी १ नवलपुरस्थित बागवानी केन्द्रसँगै राजमार्गको दक्षिण पट्टि लहरै धेरै जना बसेका छन आँप र लिचि बेच्न । उनिहरुको बिश्वास छ बागवानी क्षेत्रमा बसेर आँप र लिचि बेच्दा अन्य ठाउँको तुलनामा धेरै बिक्रि हुन्छ ।

त्यहाँ मात्रै होईन अहिले बजारमा प्रशस्त मात्रामा आँप र लिचि बेच्न राखिएको हामि देख्छौँ । राम्रो सँग हेर्ने हो भने आँप अलि चाउरी परेको, पहेँलो धेरै भएको पाउँछौँ । लिचि पनि हेर्दा पाकेको जस्तो देखिएता पनि खाँदा पाकेको हुँदैन । किन यस्तो भएको भनेर ब्यापारीलाई सोध्दा सिधा र प्रस्ट जवाफ पाईंदैन ।

लामो समयदेखि लालबन्दी बजारमा फलफुल पसल संचालन गर्दै आएका देव नारायण पासवानले आफुले बेच्न राखेको आँप खाने बेला भएरै बेच्न राखेको दाबि गर्छन । कौडेना गाउँपालिका ३ सलेस टोल घर भएका पासवानले यो आँप नेपालकै भएको र आँप औषधि नहालि पकाईएको बताए ।

लालबन्दीमा मात्रै होईन यतिबेला सहर बजार जताततै आँप पाईन्छ । आँपको सिजन सुरू नभए पनि व्यापारीले राम्रो मूल्य पाउने भएपछि विषादी हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरिरहेका छन् । नेपालमा उत्पादन हुने आँप पाक्ने सिजन सुरू भने भइसकेको छैन । असारको पहिलो सातादेखि नेपाली आँप बजारमा आउन थाल्दछ । अहिले भने भारतीय आँप बजारमा आएका छन् । भारतबाट ल्याइएको काँचो आँपमा रसायन हालेर पकाइन्छ र सो रसायन शरीरका लागि हानिकारक हुन्छ ।

नेपालकै सबैभन्दा ठुलो सरकारी बगैँचा उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुरका निमित्त प्रमुख राम कुमार यादवले नेपाली आँप पाक्ने बेला नभएको बताएका छन । यादवले ३५ प्रजातिको आँप रहेको केन्द्रका आँप पाक्ने समय अहिले नै नभएको बताउँदै केन्द्र बाहिर लहरै बसेर आँप र लिचि बेचिरहेकाहरुले आम मानिसलाई झुक्याईरहेको दाबि गरे । उनले यहाँ बसेर बेच्दा मानिसलाई बागवानीकै आँप लिचि हो जस्तो लाग्ने र बेच्नेले पनि त्यसै भनेर बेच्ने गरेको बताए । तर अहिले पाईंने आँपले मानव स्वास्थ्यलाई हानि गर्ने यादवको भनाई छ ।

यादवले यदि अहिले बजारमा शाहि जातको लिचि आएको छ भने त्यो मात्रै पाक्ने बेला भएको र खान मिल्ने बताए । अन्यथा अरु लिचि पाक्ने बेला नभएकोले खान नहुने बताएका छन । बागवानीले १६ गतेदेखि शाहि जातको लिचि टिप्न थालेको र हरेक दिन एक गाडी लिचि काठमाण्डौँ गइरहेको समेत जानकारी दिएका छन । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा ३५ प्रजातिका करिब ६ हजार आँप र ८ प्रजातिका ६ सय २१ वटा लिचीका बोट छन् । यसवर्ष हालसम्मकै धेरै मुल्य २७ लाख १५ हजार रुपैयाँमा बागवानीका लिचीको ठेक्का लागेको छ ।

उष्ण तथा उपोष्ण प्रदेशीय फलफूल र तरकारी बालीहरूको उच्च गुणस्तरयुक्त बिरुवा एवं बीउ उत्पादन गरी माग आपूर्ति गर्न वि.सं.२०२९ साल असार १२ गते वृहत बागवानी केन्द्रको रुपमा यस केन्द्रको विधिवत स्थापना भएको हो । मधेश प्रदेशको सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १ मा अवस्थित यस केन्द्र उष्ण तथा न्यानो समशितोष्ण फलफूल, तरकारी तथा आलङ्कारिक बोटहरुको उच्च गुणस्तरीय बीउ एवं बिरुवाको उत्पादन गरी आपुर्ति गर्ने र सो बालीहरुको उपयुक्त जात र खेती प्रविधिको खोजी एवं विकास गरी कृषक समक्ष पु¥याई उनीहरुको जीवनस्तर माथी उकास्ने मुख्य उद्देश्यका साथ स्थापना भएको हो ।

बागवानि केन्द्रमा करिव ३०० जतिको संख्यामा निलगाई रहेका छन । जसले बिरुवा नष्ट गर्ने गरेका छन । त्यसैगरि बाँदर आतंकले समेत आफु हैरान भएको निमित्त प्रमुख यादवले बताए । बाँदरले सबै फलफुल खाने र नष्ट गर्ने गरेको छ । त्यसैगरि आँप र लिचि चोर्नेको समेत बिगबिगी हुन थालेको छ । बिगत केहि दिन यता आँप र लिचि चोर्नेलाई प्रहरीले समेत पक्रेर लगेको छ तर पनि चोर्नेको संख्यामा कमि नआएको यादवले दुखेको सुनाए ।

त्यसैगरि भण्डारणको समस्या समेत रहेकोले फलफुल भण्डारण गरेर राख्न सकिएको छैन । देशकै ठुलो बगैँचा हुँदासमेत एउटा भण्डारणको ब्यवस्था हुन नसक्नु बिडम्बना भएको प्रमुख यादवले बताए ।

नेपालमै सबैभन्दा बढी आँप उत्पादन हुने जिल्ला सिराहा र सप्तरीमा आँप अहिले रूखमै छन् । आँपको सिजन नै नआएको समयमा व्यवसायीले भारतको विहारबाट काँचो आँप मगाई त्यसमा पाक्नका लागि जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्री गर्ने गरेका छन् । प्रादेशिक अस्पताल मलंगवा सर्लाहीका मेसु डाक्टर नवल किशोर झाले रसायन वा विषादी हालेर पकाइएका आँपहरू खान नहुने बताए । उनका अनुसार आँप पकाउन क्याल्सियम कारबाइड नामको रसायन प्रयोग गरिन्छ । कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायत अन्य शारीरिक समस्या उत्पन्न हुने गर्दछ । प्राकृतिक रूपले आँप पाक्ने सिजन आजभोलि नभए पनि चैत्र, बैशाखदेखि नै त्यसरी कृत्रिम तरिकाबाट पकाइएका आँपहरू बजारमा बिक्री हुँदा पनि स्थानीय प्रशासन भने मौन छ । कार्बाइड राखेको वस्तु धेरै मात्रामा खाँदा त्यसले आँखा पोल्ने, पाक्ने, रोग सुरू गर्दै आँखाको शक्ति नै गुमाइदिन पनि डा. झाको भनाई छ ।

खाँदाखेरी मिठो मानिने हुँदा आँपलाई फलको राजा पनि भनिन्छ । मिठो आँपलाई अमृत पनि भन्ने गरिन्छ । आयुर्वेदमा उल्लेख गरिएअनुसार आँप काँचो होस् वा पाकेको दुबैमा औषधीय गुण हुन्छ । आँपको बोटका सबै भाग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँदछ ।

आयुर्वेदमा पाकेको आँपमा वीर्यवर्धक, पौष्टिक, वायुनाशक, शितल र पित्तनासक गुण हुन्छ भनिएको छ । आँप खानाले भोकपनि बढ्छ । यसले मुटु र पित्तलाई नियन्त्रणमा ल्याउने काम समेत गर्दछ । आँप कफबर्धक पनि हो । आँपको सेवनले अनुहारको चाउरीपन समेत हटाउन सहयोग पु¥याउँछ । खाद्य प्रयोगशालाको अध्ययनअनुसार पाकेको आँपमा प्रोटिन, खनिज पदार्थ, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम, र फोस्फोरस पाइन्छ ।

गएको करिव दुई महिनादेखि नेपालका आँपहरु ट्रकका ट्रक भारततर्फ चोरी पैठारी भईरहेको श्रोतले बताएको छ । पाक्ने समय नै नभएका आँपहरु के प्रयोजनका लागी कस्ले लगिरहेका छन भन्ने एकिन जानकारी नभएपनि ति आँप औषधि हालेर पकाएर पुनः नेपाली बजारमा नै ल्याइएको होकि भन्ने अनुमान छ । नियमन गर्ने निकाय मौन रहेको अवस्था र खुला सिमानाका को फाईदा उठाउँदै आँपको समेत चोरी तस्करी भईरहेको छ ।

तराईमा जेठदेखि भदौसम्म रूखमै आँप पाइन्छ । तिनमा मालदह, कृष्णभोग, बम्बई, सेनुरिया, केरवा, सिपिया, जरदवा जर्दा आम्रपाली, कलमिया, दसहरी, सफेदा, घिउवा, लडुवा, भदया, कलकतियालगायत आँपको नामहरू छन् । मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते