लालबन्दीमा विद्यार्थीहरुको सद्भाव ¥याली

लालबन्दी । सर्लाहीको लालबन्दीमा बुधवार बिहान बिद्यार्थीहरुले सद्भाव ¥याली निकालेका छन । लालबन्दी ९ मा रहेको जनज्योती क्याम्पसदेखि बजारमा रहेको प्रहरी बिटसम्म बिद्यार्थीहरुले ¥याली गरेका हुन ।

सदरमुकाम मलंगवामा बिगत केहि दिनदेखि देखिएको हिन्दु, मुस्लिमबिचको विवादका कारण तनावको स्थिती सिर्जना हुँदा त्यहाँको जनजीवन प्रभावित बनेको थियो । सोहि बिषयलाई लिएर लालबन्दीमा संयुक्त विद्यार्थी संगठन सम्बद्ध बिद्यार्थीहरुले सामाजिक एकता जिन्दावाद, धार्मिक एकता जिन्दावाद भन्दै सद्भाव ¥याली निकालेका हुन ।

¥यालीमा क्याम्पस ब्यवस्थान समितीका अध्यक्ष दिपक अधिकारी, स्ववियुका नेताहरु लगाएत बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । ¥यालीमा सहभागी बिद्यार्थीहरुले ‘सामाजिक सद्भाव कायम गरौं, मानव धर्म जिन्दाबाद, धार्मिक सहिष्णुता कायम गरौं, शान्ति सुरक्षा कायम गरौं, हत्या हिंसा बन्द गरौं’ जस्ता नारा लगाएका थिए ।

¥याली लालबन्दी ७ बजारस्थित प्रहरी बिट नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै बिद्यार्थी नेताहरुले हिन्दु मुस्लिम भन्दा पनि ठूलो धर्म भनेको मानवताको धर्म भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेबिसंघ पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका महानिवेशन प्रतिनिधि दिपक अधिकारिले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्य प्रमुख जिल्ला अधिकारीको भएको हुँदा प्रजिअ जिम्मेवार हुनुपर्ने बताए । यदि जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसक्ने प्रजिअ र प्रहरि उपरीक्षक लाई गृहमन्त्रीले तत्काल सरूवा गरि अर्को सक्षम प्रजिअ र प्रहरी उपरिक्षक ल्याउनुपर्ने भन्दै सदिउ देखि मिलेर बस्दै आएको नेपाली समुदायमा धार्मिक सामाजिक सद्भाव कायम राख्न हामी सबै लाग्न सम्पुर्ण नागरिकलाई आह्वान गरे ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न १ ख सभापति सिताराम दाहाल, निवर्तमान नगर सभापति प्रसान्त आचार्य, नेपाली काङ्ग्रेसका नेता देबिबन्धु थापा, नेपाल तरुण दल केन्द्रिय सदस्य बिभुसिंह थापा, लोकहरि पौडेल, विद्यार्थी नेताहरु मनोज बख्रेल, इर्साद हुसेन, आदित्य महतो लगायतको थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा सद्भाव मन्तव्य विद्यार्थी नेता ज्ञानेश्वर मण्डल, सफल अधिकारि, बिकाश थापा लागाएतले राखेका थिए भने कार्यक्रम सन्चालन नेबिसंघ सर्लाही काठमाण्डौ सम्पर्क समिति सभापति लबहरि ढुङ्गेलले उद्घोषण गरेका थिए।

उनिहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा सामाजिक सद्भाव कायम राख्ने कार्यमा अब्बल भुमिका निवाह गर्न नसकेको भन्दै आक्रोशसमेत पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

२०८० भाद्र ८, शुक्रबार २१:५४ गते
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७, शुक्रबार १२:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते