गुरुङ समुदाय ‘तमु ल्होसार’ पर्व मनाउँदै, आज सार्वजनिक विदा

काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ। पर्वका अबसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते
सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

२०७९ मंसिर १२, सोमबार १०:५९ गते
सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत

सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत

२०७९ मंसिर १६, शुक्रबार १८:३८ गते
आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते