सर्लाही प्रहरीद्वारा विचौलिया रोक्न टिम परिचालन

सर्लाही : जिल्ला प्रहरी कार्यालय सर्लाहीले विचौलियालाई रोक्न ‘भीआर टिम’ परिचालन गरेको छ । टिम कार्यालयको मूलगेटमै खटिएको छ ।

विभिन्न समस्याबाट पीडित भएकाहरु गुनासा लिएर कार्यालय आउँदा हुने अलमल तथा विचौलिया प्रवेश रोक्न भन्दै प्रहरीले भीआर टिम परिचालन गरेको हो । कार्यालयमा आउने पीडितहरुलाई टोलीले मूलगेटमै उनीहरुको समस्या बुझी सम्बन्धित शाखा पुर्‍याउने गरेका छन् । पीडितको साथमा विचौलिया कोही आएको छ भने प्रहरीले रोक्ने गरेका छन् । पाँच सदस्य रहेको टिममा एक महिला र चार पुरुष प्रहरी छन् । उनीहरुले भीआरटी लेखिएको ज्याकेटसमेत लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा पीडितको सेवामा पहुँच र विचौलिया रोक्नकै लागि भीआर टिम परिचालन गरिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार कार्यालयमा आउने पीडितले अब कतै अलमलिनु पर्ने अवस्था रहँदैन, सहजै सेवा पाउँछन् ।

जिल्लाका विभिन्न स्थानमा नागरिकसँगको सम्वादमा जिल्ला प्रहरीमा विचौलिया हाबी रहेको गुनासो तथा कतिपय विचौलियाबाट पीडितको रकम तिर्न लगाएको उल्लेख गर्दै प्रहरी उपरीक्षक सुवेदीले यो टिमका कारण विचौलिया दुरुत्साहन हुने दाबी गरे । न्यायमा सहज पहुँचका लागि प्रहरीले दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

२०७९ भाद्र २६, आईतवार ०१:३९ गते
महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते