जलसँग जिवन जोडिएको छ – नवनियुक्त खानेपानी मन्त्री यादव

  • एसपी यादव/काठमाडौ, बैशाख २४ 

नवनियुक्त खानेपानी मन्त्री महिन्द्र राय यादवले, जलसंग जिवन जोडिएकोले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् ।

उनले, नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेको हुनाले सामुहिक रुपमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिए । उक्त मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता समेत जनाए ।

दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु कटिबद्ध रहेको उनले बताए । मन्त्रालयमा आइतबार पदबहालि गर्दै मन्त्री यादवले “स्वच्छ नेपाल अभियान” लाई दिगो रुपमा संचालन गर्नका लागी एउटा विशेष संयन्त्र गठन र छुट्टै सरसफाइ सम्बन्धि विशेष कोषको स्थापना कार्यान्वयनको फाइल सदर गर्दै कार्यभार सम्हालेका हुन् ।

२०७९ चैत १७ गतेको मन्त्रीपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका यादव २०८० बैशाख २४ गते आइतबारका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर खानेपानी मन्त्रीमा नियुक्त भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते