राप्रपा नेपाल बिद्यार्थी संगठन मकवानपुरकाे अध्यक्षमा कबिराम पाेखरेल चयन

हेटौंडा । राप्रपा नेपाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कबिराम पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिका उपाध्यक्षहरुमा सन्जिब चौलागाईं , सरिता चौलागाईं , सचिबमा नबराज अधिकारी , कोषाध्यक्ष आर्जन खतिवडा , सदस्यहरुमा शड्ढर पाण्डे , राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा , बिज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं , आयुष दुलाल, शुभाष राई, सन्तोष बिक, पुरुषोत्तम सापकोटा ,सन्जिता फुयाँल,अन्मिता लुईटेल लगायत रहेका छन् ।

बधाई शुभकामना दिदै राप्रपा नेपालका नेता गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध बिपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठन मार्फत बार्षिक रुपमा एक लाख बीस हजार रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युबा पुस्ताहरुको महत्त्वपूर्ण भुमिका हुने भएकोले विद्यार्थी संगठनले आफुलाई संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका नेताहरु अम्बिका खतिवडा, गुरु प्रसाद सापकोटा ,दामोदर वाग्ले, टक्कर थापा,नबराज पौडेल ,लक्ष्मण पौडेल ,इन्दिरा पाठक,भृगु कार्की, रोम सापकोटा , बद्री कुँवर लगायतको उपस्तिथि रहेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते