मुर्तिकारलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई

  • क्षितिज विश्वकर्मा, सर्लाही 

श्रीपञ्चमी अर्थात सरस्वति पुजा नजिकिएसँगै सर्लाहीका मुर्तिकारहरुलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई छ ।

सरस्वति पुजा आउन १ दिन मात्रै बाँकी रहेकाले उनिहरुको ब्यस्तता बढेको हो । मुर्तिकारहरुलाई यतिबेला बाँकी रहेको मुर्ति बनाउन, रंगरोगन गर्नको चटारो छ । गएका २ बर्ष कोरोना महामारीका कारण मुर्ति बनाउने पेसा नै संकटमा प¥यो, यो बर्ष भने मुर्तिको राम्रो माग आएको सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ बरकुर्वाका गगनदेव राम बताउँछन ।

बिशेष गरि बिद्यालयहरुमा मुर्तिको बढि माग हुने गरेको मुर्तिकार रामको भनाई छ । उलने मुर्ति हेरेर दिनमा ४-५ ओटासम्म बनाउन सकिने र एउटा मुर्तिको १ हजार ५०० देखि ५ हजारसम्ममा बिक्रि हुने बताए । करिव २२ बर्षदेखि मुर्ति बनाईरहेका रामले १० जनाको परिवार मुर्ति बनाएर पालीरहेका छन ।

सोहि गाउँका राजेश राम पनि मुर्ति बनाएरै परिवार चलाईरहेको बताउँछन । हिन्दु धर्मावलम्बिहरुले मनाउने हरेकजसो चाडपर्वमा मुर्तिको माग हुने भएकाले आफुहरुले सबै खाले मुर्ति बनाउने र कमाई पनि राम्रै हुने उनिहरुको भनाई छ । आफुहरुले पुख्र्यौली पेशालाई अंगालेर मुर्ति बनाईरहेको मुर्तिकारहरुको भनाई छ ।

उनिहरुले आफुहरुले बर्षभरिमा कम्तिमा पनि ३-४ लाख मुर्ति बनाएरै कमाउने दाबि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

२०८० बैशाख २८, बिहीबार २२:१३ गते
चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

२०८० कार्तिक १६, बिहीबार २०:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते