काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

काठमाडौं । भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो ।

नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ ।

यस्तो छ कार्यक्रम तालिका

मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यतालिका रहेको छ । त्यसपछि अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्ने कार्यथालिका रहेको छ ।

त्यस्तै मंगलबार पाण्डे मौसमले साथ दिएमा माउन्टेन फ्लाइटमा निस्कने जानकारी गराइएको छ । दिउँसो उनले शिवपुरीमा रहेको आर्मी स्टाफ कलेजको भ्रमण गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको योजना रहेको छ ।

यसैबीच बुधबार उनी बिहान मुक्तिनाथ दर्शनामा निस्कनेछन् । त्यसपछि पाण्डे पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरमा पुग्नेछन्, भने भदौ २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुपीङ स्कुलमा अनेरास्ववियु गठन

सुपीङ स्कुलमा अनेरास्ववियु गठन

२०७९ आश्विन ४, मंगलवार १५:५४ गते
को थिए बलिराजा? हेर्नुहोस्

को थिए बलिराजा? हेर्नुहोस्

२०७९ कार्तिक १०, बिहीबार ०३:०० गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते