लायन्स क्लव अफ लालबन्दी सिटि र सेन्चुरीद्वारा १२० बिपन्न परिवारलाई फाईबर सिरक वितरण

लालबन्दी : सर्लाहीको लालबन्दी १५ कटहरबोट गाउँमा बिहिबार लायन्स क्लवले फाईबर सिरक वितरण गरेको छ ।

बिपन्न आदिवासि थामि समुदायलाई लायन्स क्लब सेन्चुरीका सचिव बिक्रम खड्काको बिशेष पहलमा सिरक बाँडिएको हो । त्यहाँका २१ घरधुरीलाई सिरक प्रदान गरिएको सचिव खड्काले बताए । त्यहाँ लामो समयदेखि स्पाइनल कर्डको क्यान्सर भएर उपचारको अभावमा थलिएका भोज बहादुर वाईबालाईसमेत क्लवले सिरक प्रदान गरेको छ । अशक्त एवं अत्यन्त बिपन्न वाईबा उपचार खर्चको अभावमा लामो समयदेखि थलिएर बसेका छन ।

 क्लव एवं लालबन्दी उद्योग वाणिज्य संघकासमेत सचिव समाजसेवी खड्काको पहलमा वाईबालाई यसअघि पनि खाद्यान्न तथा नगदसमेत सहयोग गरिएको थियो ।

क्लवले बिहिवार मात्रै १२० घरधुरी बिपन्न परिवारलाई सिरक वितरण गरेको हो । लायन्स क्लव अफ लालबन्दी सिटि र सेन्चुरीले संयुक्त रुपमा लालबन्दीको वडा नम्बर ५, ६, ७, ८, १३ र १५ मा चिसोबाट अतिप्रभावित विपन्न परिवारलाई सिरक वितरण गरेको सचिव खड्काले बताए ।

लायन्सको जोन चियर पर्सन गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा पाष्ट प्रेसिडेन्ट शाकार शर्मा, वर्तमान प्रेसिडेन्ट सुशील दाहाल, सिटीका प्रेसिडेन्ट चिरन्जीवी खतिवडालगायत लायन्स क्लबका पदाधिकारीको उपस्थितिमा विपन्नलाई फाईबर सिरक वितरण गरिएको हो ।

https://www.youtube.com/watch?v=N3KRYQBcdyc&t=8s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते