घट्यो पेट्रोलियम पदार्थको मूल्य

फाइल फाेटाे

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया