पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

लालबन्दी : सर्लाहीको लालबन्दी २ मा रहेको एक बिद्यालयमा सेनाले शैक्षिक सामाग्री प्रदान गरेको छ ।

वडा नम्बर २ पुनरवासमा रहेको श्री पाँचकुमारी प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सोही ठाउँमा रहेको श्री भैरवी दल गणले शैक्षिक सामाग्री प्रदान गरेको गणले जनाएको छ । श्री मध्यपुर्वी पृतना हेड क्वार्टरको One Unit One School Support अवधारणा अनुसार श्री भैरबीदल गणको जिम्मेवारी क्षेत्रमा रहेको सो बिद्यालयमा बिहिवार बिहान सेनाले कापी, कलम वितरण गरेको हो ।

भैरबी दल गणका गणपति प्रमुख सेनानी अभिषेक कार्की, सेनानी उज्वल कार्की, सेनानी उमेश राईसहित सोही वडाका वडाध्यक्ष किरण पासवान, बिद्यालयका प्रधानाध्यापक गोपाल पासवान, पत्रकार, स्थानीय जनप्रतिनिधि तथा स्थानीय शिक्षा प्रेमी भद्र बहलाद्मीको उपस्थितिमा बिपन्न जेहन्दार विद्यार्थीहरुलाई कापी कलम प्रदान गरिएको हो ।

आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेको निम्न आय भएका अभिभावकका विद्यार्थी पढ्ने सामुदायिक बिद्यालयमा सहयोग गर्ने नीति अनुरुप सो बिद्यालयमा अध्ययनरत छात्र, छात्रालाई उनिहरुको मनोवल र शैक्षिक क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले कापी कलम वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

२०७९ पुष २१, बिहीबार ०६:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते