बागमतिमा बस र मिनिट्रक ठोक्किँदा ६ जना घाईते

बागमति, असार ५ : सर्लाहीको बागमतिमा यात्रुवाहक बस र मिनि ट्रक एक आपसमा ठोक्किँदा ६ जना घाईते भएका छन । मंगलवार दिउँसो बागमति १ राईखोला पुल नजिक पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस र बिपरित दिशाबाट आईरहेको ट्रक एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि नुवाकोट ककनी ५ का बर्ष ३६ का श्याम बहादुर बलामी, बस चालक सुनसरी ईटहरी उपमहानगरपालिका ७ का बर्ष ४२ का शम्भु राउत, बसका सहचालक बर्ष ४८ का थिरराज दाहाल र बर्ष ५३ कि मन्जु सुवेदी र बर्ष २३ को भारतिय नागरिक अजय राम घाईते भएका छन । को१ख ५२३९ नम्बरको बस र बा५ख ५६६५ नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किएको हो ।

पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा केहि बेर यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो । घाईतेहरुको स्वाभिमान अस्पताल हरिवन र मोडेल हस्पिटल बागमतिमा उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते