२०७९ साल पुष २० गत्ते बुधवार सर्लाहीमा के के भए ?

लालबन्दी : सर्लाहीको मलंगवा १० मा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ५० के.जी.को २ बोरा सुर्तिसहित २ जनालाई प्रहरीले मोटरसाईकलसहित पक्राउ गरेको छ ।

उनिहरु सवार २ ओटा भारतिय नम्बर प्लेटको मोटरसाईलमा करिव २ लाख ३० हजार बराबरको सुर्ति अवैधानिक रुपमा जिल्ला भित्र्याउँदै गर्दा उनिहरु पक्राउ परेका हुन । प्रहरीले सुर्ति, मोटरसाईकल र चालकलाई बुधवार दिउँसो साँडे ४ बजेको समयमा नियन्त्रणमा लिएर आवश्यक कारवाहिको लागी भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

त्यसैगरि प्रहरीले सोहि समयमा सुजी, सख्खर, फोटोकपि पेपर, सुर्ति र २ बोरा सोफि रक्सि बेवारिसे अवस्थामा फेला पारेको छ । मलंगवा ९ र ब्रम्हपुरी ४ बाट प्रहरीले सो बेवारिसे समान बरामद गरेको हो । २ ओटा बोरामा रहेको सोफि रक्सिको मुल्य करिव १ लाख ६० हजार दुईसय मुल्य बराबरको रहेको जनाईएको छ । प्रहरीले बा ९३ प ८३९८ नम्बरको मोटरसाईकलसहित बरामद अन्दाजी १ लाख ७४ हजार बराबरको समान भन्सार कार्यालयमा बुझाएको बताएको छ ।

त्यस्तै हरिवनमा प्रहरीले बुधवार खिया लागेर नचल्ने अवस्थामा पुगीसकेको कटुवा पेस्तोल बरामद गरेको छ । हरिवन ११ स्थित सडक छेउमा बस्ने अकवर अलिको जग्गामा रहेको शौचालयको सेफ्टिट्यांकी सरसफाई गर्ने क्रममा ह्याण्डमेड नामक कटुवा पेस्तोल बरामद भएको हो । रिङवाला सेफ्टिटयांकी सफाई गर्ने क्रममा पेस्तोलजस्तो देखिने बस्तु फेला परेको खबर पाएको प्रहरीले सो कटुवा पेस्तोल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्लाको पर्सा गाउँपालिका २ संग्रामपुरको भित्रि सडकखण्डमा भारतिय नम्बर प्लेटको मोटरसाईकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ । बिआर ०१ बि ५९१७ नम्बरको मोटरसाईकलले पैदलयात्री बर्ष ७५ का नथुनी बैठालाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बैठालाई स्थानिय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरि बिष्णु गाउँपालिका ३ बस्ने नन्दलाल महतो घरमा बिद्युत सर्ट भई आगोलाग्दा अढाई लाख बढिको क्षति भएको छ । अपराह्न साँडे ४ बजेतिर लागेको आगोबाट नन्दलालका छोरा मनोज र नरेश महतोको लत्ताकपडा, अन्नपात र नगद ३५ हजारसमेत जलेर नष्ट भएको छ । मानविय तथा चौपायाको क्षति नभएपनि आगलागीबाट करिव २ लाख ६५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको समन्वयमा बुधवार केहि गाउँपालिका र नगरपालिकाका बिभिन्न वडामा दाउरा बालिएको छ । बिपन्नलाई चिसोबाट बचाउनका लागी मलंगवा नगरपालिकाको वडा नम्बर १, ६ र ८ को २२ ठाउँमा आगो बालिएको प्रहरीले जनाएको छ । त्यसैगरि बलरा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८,९,१० र ११ गरि ६६ ठाउँमा, गोडैता नगरपालिकाको वडा नम्बर ७ र ११ गरि ९ ठाउँमा र पर्सा गाउँपालिकाको वडा नम्बर ५ र ६ को ११ ठाउँमा आगो बालीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

घनश्याम भूषालले त्यागे एमाले

घनश्याम भूषालले त्यागे एमाले

२०७९ आश्विन २२, शनिबार ०८:४५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते