देशभरका ४२ सिडिओको काज सरुवा हुँदा सर्लाहीका पनि फेरिए, (सूचीसहित)

सर्लाही : सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

यसैबिच सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमको गृहमन्त्रालयमा काज सरुवा भएको छ । गौतम गत वर्ष पुस १३ गते सर्लाहीमा हाजिर भएका गौतमको सर्लाहीबाट १३ महिनापछि नियमित सरुवा भएको हो । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा सह–सचिव इन्द्रदेव यादवलाई पठाइएको छ ।

यादवलाई सुनसरी जिल्लाबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको हो । यादव सुनसरी जानुअघि छिमेकी जिल्ला रौतहटको प्रमुख जिल्ला अधिकारी थिए ।

[pdf-embedder url=”https://leadkhabar.com/wp-content/uploads/2023/01/प._द्_वितीय-1-2.pdf” title=”रा.प._द्_वितीय (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

२०७९ मंसिर १२, सोमबार १०:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते