सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ

नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) पाउने भएका छन् । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको हो ।पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो ।

जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र बजार संचालन नियमावली, २०७४, स्टक ब्रोकरलाई लाइसेन्स र पुुँजी वृद्धि गर्नेः धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ को चौथो संसोधन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटाको व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन रहेका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४, क्याबिनेटले पास गरी ३० प्रतिशत सेयर पब्लिकमा जारी गर्नुपर्ने व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए ।

‘नयाँ स्टक एक्सचेञ्जले जनतालाई पनि समेट्नु पर्छ । प्रालि तथा कम्पनीहरुले नयाँ स्टकमा १५ प्रतिशतसम्म गरी कुल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत व्यक्तिगत तबरबाट लगानी गर्न पाउने गरी आइपीओमा जानुपर्ने हुन्छ,’बोर्ड अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘अब कोटा प्रणाली पनि हट्यो, जनताले पनि लगानी गर्न पाउने गरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स यही साता भित्रै आह्वान हुन्छ ।

’नयाँ स्टक एक्सचेञ्जको लागि संसोधित नियमावलीले ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । सोही अनुसार ३० प्रतिशत पब्लिकमा सेयर जारी गर्दै ९० करोड रुपैयाँ बराबरको आइपीओ नयाँ स्टक एक्सचेञ्जले जारी गर्नु पर्ने छ ।बोर्डले संसोधित ३ वटै नियमावली एक साता भित्रै कार्यन्वयनमा ल्याउने उनको भनाइ छ ।३ वटै नियमावलीको कार्यन्वयन बिना डिले एक हप्ताभित्रै सबै कार्यन्वयनमा आउँछन् ।’ उनका अनुसार नयाँ ब्रोकरको लाइसेन्सको लागि पनि बोर्डले यही साताभित्रै आह्वान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते
आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते
एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते