कसैप्रती प्रतिशाेधकाे भाबना छैन ,सबैकाे सहयोग पाउँछु : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा मकवानपुरको समग्र बिकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने बताउदै कुनै दल ब्यक्तीसङ्ग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क भएको बताएका छन् । आज पार्टीको हेटौंडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो बिकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे । प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानीको क्षेत्रमा काम गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । मकवानपुरको बिकासको काम सम्पन्न गर्न अझै केही काम अधुरो रहेकोले त्यो सम्पन्न गर्न आफू लाग्ने बताए । थापाले संकटको बेलामा साथ दिने मित्र हुने , घाउमा नुनचुक दल्ने मित्र हुन नसक्ने समेत टिप्पणी गरे। भेलाले बिनोद लामिछानेको अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा इकाई कमिटी पुनर्गठन गरेको छ । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, अर्जुन ढुङ्गाना, भृगु कार्की लगायतले बोलेका थिए । कमिटीको सदस्यहरुमा सन्त बहादुर कार्की , कृष्ण आचार्य , दिपक बिक्रम अधिकारी , बिलास रिमाल, अरुण घलान, रामहरी अधिकारी , सुरेन वाईवा, सन्तोशी शाह, सपना कार्की, पार्बती अधिकारी , सलिल लो, रामकुमार अधिकारी, सीता महत, कल्याण अधिकारी लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते